साउन १५, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले आज माइतीघर मण्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले आज माइतीघर मण्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भ"/>
२०८३, १७ जेष्ठ आईतवार
काठमाडौँ - KTM

तिलाठीमा भएको आक्रमणको क्रान्तिकारीद्वारा विरोध प्रदर्शन

२०७३, १४ श्रावण शुक्रबार २३:३४

साउन १५, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले आज माइतीघर मण्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । 

क्रान्तिकारीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय दादागिरीको प्रतिवाद गरौँ, तिलाठीका जनताको प्रतिरोधको सम्मान गराँै, मधेस पनि हाम्रो हो, मधेसी पनि हाम्रै हुन जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । 

प्रदर्शनपछि आयोजित कोणसभामा माओवादीका सचिवालय सदस्य तथा क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले राष्ट्रवादका विषयमा हिमाल, पहाड र तराईका नेपाली भारतीय विस्तारवाद विरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता भएको बताए । 

क्रान्तिकारीका संयोजक नरेन्द्र न्यौपानेले तिलाठीका जनताले भारतीय हस्तक्षेप विरुद्ध गरेको प्रदर्शनले अब मधेसी जनता पनि भारतीय विरुद्ध उभिएको बताए । 

प्रदर्शनमा क्रान्तिकारीका विद्यार्थीको सहभागिता रहेको थियो । बिहीबार सप्तरी तिलाठीमा भारतबाट दशगजा क्षेत्रमा बनाएको बाँधले डुबान भएको भन्दै विरोध गर्न गएका स्थानीयमाथि भारतीय पक्षबाट आक्रमण गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी