प्रेम सुनार | साउन–१५, गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला संगठनले यस जिल्लामा १४ वटा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन–१५, गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला संगठनले यस जिल्लामा १४ वटा "/>
४ पुष २०८२, शुक्रबार
काठमाडौँ - KTM

यस्तो छ, माओवादीले तयार पारेको गुल्मीका स्थानीय निकायहरु

१५ श्रावण २०७३, शनिबार ०५:५०

प्रेम सुनार | साउन–१५, गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला संगठनले यस जिल्लामा १४ वटा स्थानिय निकाय हुनु पर्ने प्रस्ताव गरेको छ । उसले आज सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी उक्त प्रस्ताव सार्वजानिक गरेको हो । नेपाल सरकारले गठन गरेको गाउँपालिका, नगरपालिका  विशेष क्षेत्र  संख्या र सिमा निर्धारण आयोगले गुल्मीलाई ९ वटा स्थानिय निकाय बनाउन जिल्ला विकास समितिलाई  जिम्मेवारी तोकेको छ ।

त्यतिले मात्र दुरदराज गाउँका जनताले सहज रुपमा सेवा पाउन नसक्ने माओवादी केन्द्र गुल्मीले ठहर गरेको सो पार्टीका केन्द्रिय सदस्य बुद्धि जिसीले बताए ।  उनले भने–‘ यो हाम्रो प्रस्ताव मात्र हो , यति नै हुनु पर्छ भन्ने हाम्रो  एकलौटी जोड हुन सक्दैन तर यस प्रस्तावमा सवै राजनैतिक दलहरु विच छलफल गरेर स्थानिय निकय बढाउन सकियो भने जनताले सहज रुपमा सेवा पाउन सक्थे भन्ने हाम्रो पार्टीको निश्कर्ष हो ।’

अर्का केन्द्रिय सदस्य बिरवहादुर कार्की र पोलिटव्युरो सदस्य तथा गुल्मी जिल्ला संयोजक दिनेश पन्थीले पनि गुल्मी जिल्लाका ऐतिहाँसिक स्थानहरु र सामथ्र्यका आधारमा सवै राजनैतिक दलहरु विच  छलफल गरेर स्थानिय निकाय गठन गरिनु पर्ने आफुहरुको प्रस्ताव  रहेको बताए ।

सो पार्टीले प्रस्ताव गरेको स्थानिय निकाय अन्तर्गत क्षेत्र  नम्वर १ को हर्मीचौर, अर्वेनी, जयखानी पुर्तिघाट, खड्गकोट भुर्तुङ्ग, र भार्सेको वडा नम्वर १ र २  सहित ८ वटा गाविसहरुको स्थानिय निकाय पुर्तिघाटमा हुनु पर्ने रहेको छ । उक्त स्थानिय निकायको नाम कालिगण्डकी राखिएको छ । उक्त स्थान सदरमुकाम तम्घास सम्म ८४ किलो  मिटर रहेको र वुटवल सम्म १ सय ७  किलो मिटर रहेको माओवादी केन्द्रले बताएको छ ।

त्यस्तै ठुलोलुम्पेक, अस्लेवा, लिम्घा, रिमुवा , ग्वादी र  हसराको स्थानिय निकाय अस्लेवामा राखिने र त्यस निकायको नामकरण सत्यवती राखिएको छ । उक्त स्थानिय सदरमुकामबाट ५६ किलो मिटर,  वुटवलबाट ८८  र काठमाण्डौबाट ३ सय ४७ किलो मिटर रहेको माओवादी केन्द्रको आँकलन रहेको छ ।

ग्वाघा, हरेवा, शान्तिपुर, हर्राचौर, दिव्रुङ्ग र विशुखर्क गाविसहरुको स्थानिय निकाय शान्तिपुरमा राखिनु पर्ने रहेको छ । त्यस निकायको नाम चन्द्रपुर रहेको छ ।  उक्त स्थानि सदरमुकामबाट ४२ किलो मिटर, वुटवलबाट १ सय ४ किलो मिटर र काठमाण्डौबाट ३ सय ६३ किलो मिटर रहेको माओवादी केन्द्रले जारी गरेको विवरणमा उल्लेख छ ।

भासे वडा नम्वर ३ देखि ९ सम्म, जुनिया , जोहाङ्ग, रुपाकोट र तुराङ्गको स्थानिय निकाय खैरेनीमा हुनु पर्ने  र त्यस  निकायको नाम थाप्ले राखिएको छ । उक्त स्थान सदरमुकामबाट ३९ किलो मिटर, वुटवलबाट ९३ र काठमाण्डौबाट ३ सय ५२ किलो मिटर रहेको उल्लेख गरिएको छ ।

त्यस्तै थानापति, वलेटक्सार, वम्घा, हुँगा  । दिगाम गरी ६ वटा गाविसहरुको स्थानिय निकाय  वलेटक्सार हुनु पर्ने र त्यसको नामकरण रुरु राख्ने प्रस्ताव गरिएको छ । उक्त स्थान सदरमुकामबाट ३० किलो मिटर, वुटवलबाट ८७ र काठमाण्डौंबाट ३ सय ४६ किलो मिटर रहेको माओवादी केन्द्रले बताएको छ  ।

दौंघा, खज्र्याङ्ग, हर्दिनेटा , पल्लीकोट , विरवास र अमरअर्वाथोकको स्थानिय निकाय विरवासको भेंडुवामा राख्न र प्रस्तावित नाम चोंयग राखिएको छ । उक्त स्थान सदरमुकामबाट २२  किलो मिटर, वुटवलबाट ९० र काठमाण्डौबाट ३ सय ४९ किलो मिटर रहेको उल्लेख छ ।

जुभुङ्ग, गौंडाकोट, दरवार देविस्थान , वलिथुम र पराल्मीको स्थानिय गौंडाकोटमा राख्ने र प्रस्तावित नम गुल्मी दरवार रहेको छ । उक्त स्थान सदरमुकामबाट १३ किलो मिटर, वुटवल १ सय ६ र काठमाण्डौ ३ सय ६५ किलो मिटरमा  रहेको छ । रेसुङ्गा नगरपालिकाको स्थानिय निकाय तम्घासमा राख्ने  प्रस्ताव गरिएको छ भने नामकरण पनि तम्घास नै  गरिनु पर्ने माओवादी केन्द्रको प्रस्ताव रहेको छ ।

नयाँगाउँ, पिपलधारा, हाडहाडे , जैसीथोक , धुर्कोट रजस्थल र हस्तीचौर वडा नम्वर ८ र ९ सहितको स्थानिय निकाय जैसीथोकको वरवोटमा राखिनु पर्ने र  त्यसको नामकरण धुर्कोट हुनु पर्ने  माओवादी केन्द्रको प्रस्ताव रहेको छ । सदरमुकामबाट २०  किलो मिटर , वुटवल १ सय ३४ र काठमाण्डौं ३ सय ९३ किलो मिटर रहेको उल्लेख रहेको छ ।

भनभने, पुर्कोटदह, म्यालपोखरी, मलायगिरी, वाँझकटेरी  र अग्लुङ्गको स्थानिय निकाय पुर्कोटदहमा हुनु पर्ने केन्द्रको प्रस्ताव गरेको छ भने उक्त निकायको नामकरण कंकेदेउराली गरिएको छ । सदरमुकामबाट ३९ किलो मिटर, वुटवलबाट १ सय ५३ किलो मिट  काठमाण्डौंबाट ४ सय १२  किलो मिटर रहेको उल्लेख छ ।

वाग्ला, सिर्सेनी, मरभुङ्ग, घमिर र अर्जैको वडा नम्वर ९ को स्थानिय निकाय सिमलटारीमा राखिनु पर्ने र उक्त निकायाको प्रस्तावित नाम मालिका राखिएको छ । सदरमुकाम देखि तम्घास २९ किलो मिटर,  वुटवलबाट १ सय ४३ र काठमाण्डौबाट ४ सय २ किलो मिटरमा उक्त स्थान रहेको छ । अर्जै १ देखि ८ , अमरमपुर, ईस्मारजस्थल, दोहली १ देखि ८ , दर्लामचौर र छापाहिलेको स्थानिय निकाय ईस्मारजस्थलको मैदानमा राखिनु पर्ने र त्यसको नाम ईस्मा राखिनु पर्ने प्रस्ताव गरिएको छ । उक्त स्थान सदरमुकामबाट २६ किलो मिटर, वुटवलबाट १ सय ४० किलो मिटर र काठमाण्डौंबाट ३ सय  ९९ किलो मिटर रहेको छ ।

अर्खवाङ्ग, दोहली वडा नम्वर ९ , छापाहिलेको हिले गाउँ, ह्वाङ्गदी, दर्लिङ्ग र नेटाको स्थानिय अर्खवाङ्गको ठुलाचौरमा राखिनु पर्ने र त्यसको नाम मदाने राखिएको छ । उक्त स्थान सदरमुकामबाट ३२ , वुटवलबाट १ सय ४६ र काठमाण्डौंबाट ४ सय ५ किलो मिटर रहेको छ । हस्तीचौर १ देखि ७ सम्म , मुसिकोट , बडागाउँ र पौदीअमराईको स्थानिय निकाय निस्तेखोलाको उपल्लो फाँटमा राख्ने र नामकरण निस्ती प्रस्ताव गरिएको छ  । उक्त स्थान सदरमुकामबाट २०, वुटवलबाट १ सय ३४ , काठमाण्डौबाट ३ सय ९३ किलो मिटर मा रहेको छ ।

वामी, कुर्घा, अर्लाङ्गकोट र आँपचौरको स्थानिय निकाय वामीटमा राख्ने  र नामकरण मालारानी प्रस्ताव गरिएको छ । उक्त स्थान सदरुमुकामबट ३४, वुटवल १ सय २० र काठमाण्डौं ३ सय ९९ किलो मिटरमा रहेको छ  माओवादी केन्द्रका तिन वटै नेता पन्थी, कार्की र जिसीले आफुहरुको उक्त प्रस्ताव माथी सम्वन्धीत निकाय अन्तरगतका  राजनैतिक दलहरु, शिक्षक , वुद्धिजिवी,    समाज सेवीहरु र सर्वसाधरण सम्मले व्यापक छलफल र वहस गरेर थप सुझाव दिन आग्रह गरेका छन् ।  ‘यस विषयलाई व्यापक वहसको विषय बनाईनु पर्दछ ताकी पछि पछुताउनु पर्ने  र विवादमा अल्झीन नपरोस भन्ने हाम्रो मान्यता हो ’– माओवादी केन्द्र गुल्मीका संयोजक दिनेश पन्थीले भने ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले माओवादी केन्द्र गुल्मीले यस कुरामा राम्रो मेहनत गरेको तर नगरपालिका थप्नु पर्ने कुरामा भने चुकेको प्रतिकृया दिएका थिए ।   यस सम्वन्धमा स्थानिय विकास अधिकारी डिलाराम पन्थी संग सम्पर्क राख्दा आयोगले निर्धारण गरेको ९ वटा स्थानिय निकाय भन्दा बढि राख्न आफुहरुको अधिकार क्षेत्र भित्र नपर्ने प्रतिकृया दिए ।  उनले भने–‘ वरु स्थान तोक्ने र  नामकरण गर्ने विषयमा दलहरु विच छलफल गरेर  आयोगलाई सिफारिस गर्न सकिन्छ तर निर्धारित संख्या घटबढ गर्न सकिँदैन् । ’    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ