साउन १५, काठमाडौँ । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, काठमाडौँ । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक"/>
११ पुष २०८१, बिहीबार
काठमाडौँ - KTM

आठौँ पटकको घोषणालाई महाधिवेशनमा बदल्न नेविसङ्घका नेताको माग

१५ श्रावण २०७३, शनिबार ०६:२१

साउन १५, काठमाडौँ । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक्षका उम्मेदवारहरुले माग  गरेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सात जना अध्यक्षका उम्मेदवारले यही साउन २३ देखि २५ मै महाधिवेशन गरिनुपर्नेमा जोड दिए । 

विसं २०६४ असोजमा नेपाली काँग्रेस एक भएदेखि भ्रातृ संस्था नेविसङ्घको महाधिवेशन हुन सकेको छैन । दश वर्षदेखि महाधिवेशन नहुँदा करिब २५ जनाले नेतृत्वको दाबी गरेका छन् । अध्यक्ष दाबी गर्ने धेरै नेता ३५ वर्ष उमेर पार गरेका छन् । लामो समय महाधिवेशन नहुँदा धेरैको दाबी नेतृत्वमा भएको अध्यक्ष पदका उम्मेदवारहरुको भनाइ छ । 

अध्यक्ष पदका दावेदार नैनसिंह महरले कक्षा ९ देखि १२ सम्म माध्यमिक तह भएपछि माविबाट विद्यार्थी राजनीतिलाई अलग राख्ने प्रस्ताव आफूले महाधिवेशनमा राख्ने बताए । “माध्यमिक तहमा विद्यार्थी राजनीति गरिँदा शैक्षिक क्षेत्रमा विकृति फैलिएको छ, यसैले यो तहबाट विद्यार्थी राजनीति अन्त्य गरौँ भन्ने प्रस्ताव अन्य विद्यार्थी सङ्गठनसँग नेविसङ्घले राख्नुपर्छ, सबै विद्यार्थी सङ्गठन मिलेर नैतिकतामा आधारित मानवतावादी शिक्षाको मुद्दा उठाउनुपर्छ”–उनले भने । 

अध्यक्ष पदका अर्का उम्मेदवार नीलकण्ठ रिजालले हालसम्म नेविसङ्घका १७ अध्यक्षमध्ये ११ जना ‘टीकेशैली’बाट आएको जनाउँदै लोकतान्त्रिक सङ्गठनको महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने माग गरे । “नेविसङ्घका सबै तहमा दुई वर्षमा अधिवेशन नभए त्यो समिति स्वतः खारेज हुने व्यवस्था वैधानिक रुपमा गरिनुपर्छ”–उनले भने । 

नेता क्षितिज भण्डारीले महाधिवेशन आउन एक हप्ता मात्र बाँकी हुँदा पनि देशभरबाट आउने विद्यार्थीका लागि केन्द्रीय समितिले अहिलेसम्म खाने बस्ने व्यवस्था नगरेर महाधिवेशन नहुने सन्देश दिएको आरोप लगाए । 

अध्यक्षको दाबी गर्दै आउनुभएका सरोज थापाले ११ जिल्लाका समानान्तर जिल्ला समितिलाई मिलाएर महाधिवेशनमा जानुपर्ने बताए । कार्यक्रममा दीपक भट्टराई, आनन्द त्रिपाठी र रामप्रसाद अधिकारीले यस पटक महाधिवेशन सफल बनाएर सकारात्मक सन्देश प्रवाह गरिनुपर्ने बताए । 

यसैबीच केही दिनदेखि विधिवत् महाधिवेशनको माग गर्दै आएको कुन्दनराज काफ्ले समूहले आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु गरेको छ । 

अधिवेशन भएका भनी घोषणा गरिएका ६४ जिल्लामध्ये १३ मा विधिवत् अधिवेशन नगरिएको, ११ जिल्ला र काठमाडौँ उपत्यकाका क्याम्पसमा अधिवेशन नै नगरी महाधिवेशन गर्न लागिएकाले विधि पु¥याएर महाधिवेशनको माग गर्दै बाग्लुङका गणेश सापकोटा र रामेछापका रत्नहरि ढुङ्गेल आमरण अनशनमा बसेका नेता बलदेव तिमल्सिनाले राससलाई जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ काठमाडौं आइपुगे सोनु निगम बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती मुलुकमा संकट पर्दा कांग्रेस र एमाले जहिल्यै एकताबद्ध छन् : ईश्वर पोखरेल एमाले सचिवालय बैठक जारी कजाख्स्तान यात्रुवाहक जहाज दुर्घटना: २५ यात्रु बाँच्न सफल(अपडेट) दिपेन्द्र सिंह ऐरीले पाए कार, कारमा लाग्ने कर पनि शारडा ग्रुपले नै व्यहोर्ने ६७ यात्रु सवार अजरबैजान एअरलाइन्सको विमान कजाखस्तानमा खस्यो नेपाली चलचित्र ‘लाज शरणम्’ को विश्व बजारमा उच्च माग ‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार