१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी कमाण्डअन्तर्गतका कम्पनी कमिशनर पक्राउ

१३ कार्तिक २०७७, बिहीबार १०:३१

कात्तिक १३, मोरङ | नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा गएको टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित बिजुलीप्रसाद तिम्सिनाको घर खानतलासीका क्रममा बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा इलाम चुलाचुलीका १८ वर्षीय सनम भन्ने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भन्ने काशीनाथ घिमिरे छन् । उनीहरुको साथबाट हातहतियार, खरखजना, बिष्फोटक पदार्थ, विप्लव समूहको दस्तावेज र बन्दोवस्तीका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्दा पक्राउ परेकामध्ये काशीनाथ घिमिरे विप्लव नेतृत्वको नेकपा पूर्वी कमाण्ड मेची/कोशी व्यूरो चौथो कम्पनीका कम्पनी कमिशनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र विज्ञान राई पार्टीको साधरण सदस्य रहेको देखिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ