कार्तिक १८, काठमाडौँ | नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व स्वास्थ्य मन्त्री गगन थापाले काठमाडौँको खुलामन्चमा रोजगारविहीन असहायहरुलाई खाना खुवाउँने कामलाई निरन्तरता दिन अभियान्ताहरुलाई आग्रह गरेका छन् |
मंगलबार सामाजिक संजाल फेसबुक मार्फत उनले भनेका छन् "जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई,काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ।विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद |
म काठमाडौँको जनप्रतिनिधि,यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु।"
यस अघि सोमबार महानगरले आफ्नो बेज्जत भएको भन्दै अभियान्ताहरुलाई खुलामन्चमा खाना नखुवाउँन भनेको थिए |