कार्तिक १९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजिनामा दिन नमिल्ने बताएका छन् | ओलीले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको भन्दै आफूले अहिले राजिनामा दिए देश बर्वादतिर जाने बताएका हुन् |
बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै ओलीले प्रधानमन्त्री राजीनामा दिन पस्यो, भन्ने हल्ला सञ्चारमाध्यमहरूमा हल्ला फैलाइएको बताएका छन् | अहिले आफूले राजीनामा दिन नमिल्ने बताउंदै ओलीले भने, ‘तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ?’
जनाताको आवश्यकताले आफू प्रधानमन्त्री भएको उनले बताए | स्थिरताले विकास तथा परिवर्तन ल्याउने र स्थिरताका लागि आफूले काम गरिरहेको उनको दाबि छ | नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एक ठाउँमा उभिएपछि ओली अहिले पार्टी भित्र अल्पमतमा छन् |
ओलीले केहिदिन अघि मात्रै आ-आफ्नोबाट लाग्न प्रचण्डलाई प्रस्ताव समेत गरेको नेकपाका नेताहरुले बताएका थिए | प्रधानमन्त्री ओली विरुद्ध पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव आउने आशंका गरिएको बेला उनले उक्त अड्कलबाजीलाई 'हल्ला' का रुपमा टिप्पणी गरेका छन् |