२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्वारेन्टिन हटाउने प्रदेश विपद् व्यवस्थापन केन्द्रको निर्णय

२०७७, १९ कार्तिक बुधबार १४:१८

कात्तिक १९, सुर्खेत | प्रदेश विपद् व्यवस्थापन केन्द्रले हाल सञ्चालनमा रहेका सबै क्वारेन्टिन हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको केन्द्रको बैठकले खाली गरिने क्वारेन्टिनका सामान नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरेको छ । 

क्वारेन्टिन हटाइए पनि सबै सामान सुरक्षित राखेर आवश्यक पर्दा व्यवस्थापन गर्न सकिने गरी सेनाको जिम्मा लगाइएको छ । सार्वजनिक क्वारेन्टिनको साटो प्रदेश सरकारले होम क्वारेन्टिनलाई जोड दिएको छ । यसले गर्दा सरकारी तथा सार्वजनिक खर्चमा मितव्ययिता हुनाका साथै  व्यक्ति स्वयंलाई मानसिक रुपले स्वस्थ रहन मद्दत पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।

“सार्वजनिक क्वारेन्टिनमा बस्न नागरिकहरु अनिच्छुक रहेकाले बनाइएका क्वारेन्टिन खाली गर्न लागेको हौं”, सामाजिक विकासमन्त्री दल रावलले भन्नुभयो, “हाललाई होम क्वारेन्टिनको प्रभावकारितामा जोड दिने र पछि आवश्यक परेका खण्डमा पुनः सञ्चालन गर्न सकिनेछ ।” व्यवस्थापनको कमीका कारण नागरिक क्वारेन्टिन बस्न नचाहने समस्या रहँदै आएको थियो । 

प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण रोकथामका लागि तिहारका बेला देउसीभैलोलगायत जमघटलाई निषेध गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै कोरोना उपचारका लागि विभिन्न राष्ट्रबाट प्राप्त हुने खोपका सम्बन्धमा सङ्घीय सरकारबाट प्राप्त स्वीकृतिबमोजिम केकति आवश्यक पर्ने हो भन्ने सम्बन्धमा पूर्वतयारी गर्न बैठकले सामाजिक मन्त्रालयलाई निर्देशन दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा