१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाको सचिवालय बैठक बोलाउँन ५ सदस्यको लिखित माग

२२ कार्तिक २०७७, शनिबार ०८:१७

कार्तिक २२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाउँन माग गर्दै प्रचण्ड सहित ५ सचिवालय सदस्यले प्रधानमन्त्री समक्ष लिखित पत्र बुझाएका छन् | पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गर्नुपर्ने,पार्टीको बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने माग सहित पाँच जना नेताहरुले पत्र बुझाएका हुन् |

पत्र बुझाउन कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबार बालुवाटार पुगेका थिए | यस अघि शुक्रबार प्रचण्डले अनौपचारिक सचिवालय बैठक भन्दै पार्टी कार्यालय धुम्बराहीमा सचिवालय सदस्यहरु बोलाएका थिए | उक्त बैठकमा प्रचण्ड सहित,सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ मात्र उपस्थित भएका थिए | 

पार्टीका अन्य ४ जना सचिवालय सदस्य प्रधानमन्त्री सहित इश्वर पोख्रेल,बिष्णु पौडेल,राम बहादुर थापा भने छलफलमा उपस्थित भएनन् | पार्टी भित्र देखिएको आन्तरिक विवाद समाधान गर्नुपर्ने माग सहित पाँच जना सचिवालय सदस्य भने एक ठाउँमा उभिएका छन् |

पार्टी एकता रक्षा गर्नका लागि  समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले बैठक बाेलाउन आग्रह गर्दै प्रधानमन्त्रीसँग लिखित आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए | यद्यपी सचिवालय बैठक बोलाउने बारे भने प्रधानमन्त्री केहि बोलेका छैनन |

शुक्रबार सचिवालयका ५ नेताको छलफलले ओलीलाई भेटर बैठक बोलाउन आगह गर्ने निर्णय गरेको थियो । सोही अनुसार नेताहरु बालुवाटार पुगेका हुन् | पार्टीभित्रको विवाद चर्किँदै जाँदा ओलीले बैठक नै नबोलाउने अडान लिँदै आएको नेताहरुले बताउँदै आएका छन् । 

यसैबिच ओलीले सार्वजनिक रुपमै पार्टीका नेताहरुविरुद्ध खनिँदै प्रसंगमै नरहेको आफ्नो राजीनामा माग्न थालिएको अभिव्यक्ति दिएका थिए | पछिल्लो समय आन्तरिक विवादका कारण ओली र प्रचण्डबिच मतभेद बढ्दै गएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु