कार्तिक २३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाललाई छलफलका लागि बालुवाटार बोलाएका छन् |आइतबार प्रधामन्त्री निवास बालुवाटारमा ओलीले नेपाल सहित स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डेसँग छलफल गरेका छन् |
नेकपाका पाच जना सचिवालय सदस्यले शनिबार सचिवालय बैठक बोलाउनुपर्ने माग सहित प्रधानमन्त्रीसँग लिखित माग गरेका थिए | बैठकको सहमतिका लागि लिखित माग गर्नेमा कार्यकारी अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र बामदेव गौतम रहेका थिए |
पार्टी भित्रको आन्तरिक विवाद र ओलीको कार्यशैली प्रति असन्तुष्ट रहेका नेताहरुले सचिवालय बैठक बोलाउन लिखित माग गरेको भोलिपल्ट ओलीले छलफलका लागि नेपाललाई बालुवाटार बोलाएका हुन् | यसअघि पार्टी भित्र अल्पमतमा परेका ओलीले नेपालसंग सहकार्य गर्न आग्रह समेत गरेका थिए | यधपी नेपाल भने,पार्टी विधान र पद्दतिमा चल्नु पर्ने अडान राख्दै आएका छन |