२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’ मात्र नलेख्न निर्देशन

२०७७, २४ कार्तिक सोमबार ०८:५६

कार्तिक २४, काठमाडौँ | सरकारलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा नेपाल मात्र लेख्‍ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ | समितिको सोमबार बसेको बैठकले सरकारलाई उक्त निर्देशन दिने निर्णय गरेको हो |

कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयपछि नेपाल मात्र लेख्‍न परिपत्र गरेपछि आज समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरेको छ | उक्त छलफलमा ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको भन्दै  मन्त्रिपरिषद्को  निर्णयको बचाऊ गरेका थिए |

विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरुमा समेत नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘फेडेरल डेमाक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरिएको थियो |

सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नाममा एकरुपता ल्याउन भन्दै औपचापिरक रुपमा नेपाल मात्र लेख्ने निर्णय गरेको थियो | असोज २८ गते कानुन मन्त्रालयले सोहीअनुसार परिपत्र गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु