कात्तिक २५, काठमाडौं | भारतीय परराष्ट्र सचिव नेपाल आउने भएका छन् | नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकको तयारीसंगै भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने भएका हुन् |
यसअघि भारतीय सेनापति मनोज मुकुन्द नरवणेले तीन दिने नेपाल भ्रमण गरेका थिए | उनको भ्रमण लगत्तै दुई देशबीचमा परराष्ट्र सचिव र त्यसलगत्तै परराष्ट्र मन्त्रीस्तरको बैठकको तयारी अगाडी बढेको थियो | उनी नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने निश्चित भएको बताइएको छ |
विदेश भ्रमणका क्रममा उनी आइतबारदेखि माल्दिभ्सको भ्रमणमा छन् | नेपाल भ्रमणको क्रममा कालापानी, लिपुलेक, लिमियाधुरा लगायतका विषयमा कुराकानी हुने वा नहुने भन्ने निश्चित भने भइसकेको छैन | सन् भारतसँग सन २०१४ मा सुस्ता र कालापानीको विषयमा परराष्ट्र सचिव तहमा कुराकानी गर्ने सहमति भएपनि सीमासम्बन्धी विषयमा एउटा बैठक पनि बसेको छैन | उक्त भ्रमणमा द्विपक्षीय एजेण्डाहरुको बारेमा भने छलफल हुने बताइएको छ |
दुवै देशका परराष्ट्र सचिवको नेतृत्वमा संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा अर्को महिना बस्ने तयारी भईरहेको छ | आयोगको बैठकमा सीमा विवादका सम्बन्धमा कुराकानी हुने कार्यक्रम रहेको छ | त्यस्तै दुई देशको बिचमा सुस्ता र कालापानीबाहेक अन्य क्षेत्रमा देखिएका सीमा सम्बन्धी प्राविधिक समस्याहरु समाधन गर्न गठन गरिएको बाउन्ड्री वर्किङ गु्रप बैठकको तयारी गरिएको छ | उक्त बैठकका लागि नेपालले अगष्ट महिनामा नै प्रस्ताव गरेको थियो |