२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब वामदेव गौतम मन्त्री बन्न पाउने

२०७७, २७ कार्तिक बिहीबार ०२:४२

कात्तिक २७, काठमाडौं । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’मा गौतमलाई मन्त्री नबनाउन सर्वोच्चले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको छ। बर्दियाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भई पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले भदौ २९ मा राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको थियो।

त्यसपछि गौतमविरुद्ध मन्त्री बन्न नपाउने र उनको राष्ट्रियसभा सदस्यतासमेत बदर हुनुपर्ने आदेश जारी गर्न माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो। यसअघि असोज ७ मा निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले गौतम राष्ट्रियसभा सदस्य हुन पाउने तर उनलाई मन्त्री बन्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो।

‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा वामदेव गौतमलाई मन्त्री नबनाउन सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको छ।

सर्वोच्चले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित व्यक्तिलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णयले गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठेको भन्दै गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश गरेको थियो।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई संवैधानिक जिम्मेवारी दिने लिने काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो। मुद्दा परेपछि उनको मन्त्री बन्ने सम्भावना रोकिएको थियो। त्यसपछि संवैधानिक इजालासमा गएको गौतमको मुद्दामा बुधबार अन्तरिम आदेश जारी नहुनेगरी आदेश भएको हो।

सर्वोच्चका केही न्यायाधीशमा कोरोना संक्रमण देखिएको र दसैं बिदा परेकाले ४० दिनयता संवैधानिक इजलास बस्न सकेको थिएन। दसैंपछि पहिलोपटक बुधबार बसेको संवैधानिक इजलासमा मुद्दाको किनारा लगाउँदा राय बाझिएको स्रोतले बताएको छ। स्रोतका अनुसार मुद्दाको निर्णयमा न्यायाधीशको राय बाझिएको भनिए पनि बुधबार कुनै लिखित आदेश आएको छैन।

‘लिखित आदेश आएको छैन। लिखित आदेश नआएसम्म राय बाझिएको भन्न सकिने अवस्था छैन,’ सर्वोच्च अदालत स्रोतले भनेको छ। सर्वोच्च अदालतका अनुसार बिहीबार लिखित आदेश आउनेछ। यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा