कार्तिक २८, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेसको सहमहामन्त्रीमा मनोनित भएका छन् | शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको हो |
महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन प्रस्ताव पेस गरेका थिए | उक्त प्रश्ताव अनुसार,थापासँगै काँग्रेस प्रवेश गरेका अन्य ६ जना नेतालाई काँग्रेसको केन्द्रीय सदस्य र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ |
साउन १३ गते सानेपामा सुनिल समूह राप्रपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको थियो |
यस्तै बैठकले सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानूपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने निर्णय गरेको छ | बैठकले क्रियाशील सदस्यताको विवाद विधिसम्मत टुंग्याउने निर्णय गरेको छ |
अब मंसिर मसान्तसम्म ७७ वटै जिल्लाले केन्द्रलाई सदस्यताको सूची पठाउने निर्देशन दिएको छ |