2026-07-10 04:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महासचिव बिष्णु पौडेल प्रचण्ड भेट्न खुमलटारमा

2020-11-17

मंसिर २, काठमाडौं | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिरहेका बेला महासचिव बिष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेट्न खुमलटार पुगेका छन् | मंगलबार बिहान पौडेल  बुधबार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावबारे छलफल गर्न खुमलटार पुगेका हुन् |

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव बिष्णु पौडेललाई प्रचण्डसँग छलफलका लागि खुमलटार पठाएपनि दुई जनाबीच के कुराकानी भयो भन्ने खुलेको छैन | बुधबार बस्ने भनिएको सचिवालय बैठकमा ओली सहभागी नहुने पक्षमा छन |

यसअघि गत शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए | ओलीले प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न दवाव दिइरहेका छन् | सोही अनुसार ओलीले आइतबार र सोमबार  बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई आइतबार र सोमबार साँझ नेताहरु देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीलाई बालुवाटार बोलाएर ओलीले भेटवार्ता गरेका थिए |

प्रचण्डको प्रस्ताव फिर्ता लिएमात्रै बैठक बस्नसक्ने ओलीको दाबी छ | तर,प्रचण्डले पेश गरेको प्रश्तावमा ओली सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको बताएका छन् | ओली आफ्नो कार्यशैलीलाई सच्याउनु पर्ने नेताहरुले सुझाव दिईसकेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो