१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलागौं : भिम रावल

३ मंसिर २०७७, बुधबार ०४:४१

मंसिर ३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले पार्टीलाई फुट र विभाजन गर्ने कुकर्ममा नलाग्न आग्रह गरेका छन | उनले बुधबार बिहान ट्वीट गर्दै देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि लाग्न नहुने बताएका हुन् |

नेकपा भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका बेला रावलले बैठकबाट समस्याको समाधान खोज्नुपर्ने बताएका छन | रावलले ट्वीटमा लेखेका छन्,"नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ।फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।'

पछिल्लो समय नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिच शक्ति संघर्ष बढ्दै गएको छ | बुधबार बस्ने भनिएको सचिवालय बैठक सार्ने कसरतमा ओली छन् भने,सचिवालय बैठक बस्नै पर्ने अडानमा प्रचण्ड पक्षका नेताहरु छन् |

यसअघि गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस