2026-07-10 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले मोदीलाई दिए यस्तो सन्देश

2020-11-27

मंसिर १२, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताबाटै समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलासँग बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्‍याइदिन आग्रह गरेका हुन्।

ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार सचिव श्रृंगलाले दुई देशबीच आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश सुनाएका थिए।

'सीमा लगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपले समस्या समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं,' उक्त भेटमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सल्लाहकार भट्टराईले भने, 'हाम्राबीच सीमा विवाद एकाएक सिर्जना भएका होइनन्। इतिहासले विरासतमा छाडेका समस्या हुन्। यसलाई थाती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौं। यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्छु।' 

नेपालको उक्त भनाइमा भारतीय सचिव श्रृंगलाको जवाफ के थियो भन्ने प्रश्नमा सल्लाहकार डा. भट्टराईले भने, 'परराष्ट्र सचिवस्तरीय आजको वार्तामा दुई देशबीच सहकार्य र आपसी सबै विषयमा छलफल भएको भारतीय सचिवले अवगत गराउनुभयो। उहाँले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणाममूलक बनाउन पहल गर्ने विश्वास पनि दिलाउनुभएको छ।'

यसअघि भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरी शुभकामना दिएका थिए। त्यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने बताएका थिए।

प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिवसँगको भेटमा नेपालको भू-भाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराए। नेपाल तटस्थ रहेर कसैको पनि ‘कार्ड’ का रूपमा प्रयोग नहुने उनले बताए।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसलाई संघीय संसदबाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो।

त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएको स्थितिमा पछिल्ला समय भारतीय पक्षबाट भएका नेपाल भ्रमण र भेटवार्ताले वातावरण सहज हुँदै गएको छ।गत महिना भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए।

बिहीबारै नेपाल आएका भारतीय विदेश सचिव शृंगलाले दिउँसो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए भने दुई मुलुकका परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ताको नेतृत्व गरेका थिए।

उनले बिहीबार साँझ शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरे। उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो