१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी कार्यालयमा ‘सुरक्षा खतरा’ रहेको भन्दै नेकपा सचिवालय बैठक बालुवाटारमा बस्ने

१६ मंसिर २०७७, मंगलवार ०७:३०

मङ्सिर १६, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा खतरा रहेको भन्दै पार्टी केन्द्रीय कार्यालय धुम्बाराही जान अस्वीकार गरेका छन् | मंगलबार दिउँसो नेकपा सचिवालय बैठकपार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएपनि ओलीले सुरक्षा खतरा रहेको भन्दै जान अस्वीकार गरेका हुन् |

गत शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले मंगलबारको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बराहिमा बस्ने निर्णय गरेको थियो | तर ओलीले पार्टी कार्यालय जान अस्वीकार गरेपछि आजको नेकपा सचिवालयको बैठक बालुवाटारमै सारिएको छ |

कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए भने,मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको प्रस्ताव पेस गरेका थिए | दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गर्न सचिवालय सदस्यलाई मंगलबार सम्म समय दिइएको थियो | 

आज बस्ने सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गर्ने बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड