2026-07-10 06:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी कार्यालयमा ‘सुरक्षा खतरा’ रहेको भन्दै नेकपा सचिवालय बैठक बालुवाटारमा बस्ने

2020-12-01

मङ्सिर १६, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा खतरा रहेको भन्दै पार्टी केन्द्रीय कार्यालय धुम्बाराही जान अस्वीकार गरेका छन् | मंगलबार दिउँसो नेकपा सचिवालय बैठकपार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएपनि ओलीले सुरक्षा खतरा रहेको भन्दै जान अस्वीकार गरेका हुन् |

गत शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले मंगलबारको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बराहिमा बस्ने निर्णय गरेको थियो | तर ओलीले पार्टी कार्यालय जान अस्वीकार गरेपछि आजको नेकपा सचिवालयको बैठक बालुवाटारमै सारिएको छ |

कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए भने,मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको प्रस्ताव पेस गरेका थिए | दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गर्न सचिवालय सदस्यलाई मंगलबार सम्म समय दिइएको थियो | 

आज बस्ने सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गर्ने बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो