2026-07-10 06:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा सचिवालय बैठक स्थगित, मंसिर २० गते बस्ने

2020-12-02

मंसिर १७, काठमाडौँ | सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको छ | प्रधानमन्त्री निवास बालुवाटारमा आजका लागि सचिवालय बैठक बस्न सदस्यहरू उपस्थित भएका थिए। बैठक केहीबेर बसेको बताइएको छ |

 प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा सहभागी हुने बताइएको थियो | यसअघि उनले आज बस्ने सचिवालय बैठक अस्विकार गरेका थिए | बैठक अघि ओली र प्रचण्डको रणनीतिक छलफल भएको थियो |

ओलीले छलफलमा प्रचण्डको प्रस्ताव खारेज गर्नुपर्ने  माग राखेका थिए | त्यस्तै प्रचण्ड पक्षका नेताहरुले पनि यसअघि खुमलटारमा आन्तरिक रणनीतिबारे छलफल गरेका थिए | खुमलटारमा प्रचण्ड सहित बरिष्ठ नेता माधव नेपाल,झलनाथ खानाल र बामदेव गौतम सहभागी रहेको बताइएको छ |

यसअघि कार्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए | जवाफमा ओलीले मंसिर १३ गतेको बैठकमा ३८ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए | ओलीले प्रस्तावमा प्रचण्डको झुटो लान्छना अस्वीकार्य रहेको समेत बताएका थिए |

दुवै अध्यक्षबिच आ-आफ्ना अडान रहेका बेला मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुवै प्रस्ताव माथि छलफल थालेको नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए |  नेकपा भित्रको आन्तरिक शक्तिसंघर्ष चलिरहेका बेला सचिवालय बैठक बस्नु पुर्व दुवै अध्यक्षले आफू निकट नेताहरुलाई बोलाएर आन्तरिक रणनीतिको बारेमा छलफल गरेका हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो