मंसिर १८, काठमाडौं | नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाबाट पेलिएको आफ्नो शरीर दिउँसोभन्दा साँझ दुखाइ बढ्दै गएको बताएका छन् | गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न गएका पौडेललाइ प्रहरीले पक्राउ गरेको थियो |
बुधबार पौडेललाई उद्घाटन गर्न जाँदा निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर छाडेको हो | उनले पुलिसको डण्डाबाट पेलिएका करङ दिउँसोभन्दा साँझ र हिजोभन्दा आज दुखाइ बढी छ रहेको भन्दै सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ हिजोभन्दा आज दुखाइ बढी छ ।’
उनले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको बताए | ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’
उनले भने, ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’