2026-07-10 06:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा सचिवालय बैठक निष्कर्ष बिहिन

2020-12-05

मंसिर २०, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक विनानिष्कर्ष टुंगिएको छ | शनिबार बालुवाटारमा बोलाइएको सचिवालय बैठकले दुवै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनमा सहमति जुट्न नसक्दा  बैठक निष्कर्षविहिन भएको हो |

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ | बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए |

पार्टी भित्रको संकट समाधानका लागि हालसम्म प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेस गरेर छलफल हुने बताइएको छ | सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गरेका थिए |

यसअघि दुवै अध्यक्षले आ-आफ्ना प्रस्ताव सचिवालयमा पेस गरिसकेका छन् | पछिल्लो समय नेकपा भित्रको विवाद बढिरहेका बेला सचिवालय बैठक विनानिष्कर्ष टुंगिएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो