2026-07-10 06:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त होः मन्त्री गुरुङ

मङ्सिर २४, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताउनुभएको छ । बहत्तरौँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आज आयोजित ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले मानवाधिकार हनन नहुने गरी जनतालाई सुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । 

मन्त्री गुरुङले भन्नुभयो, “सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो, त्यसलाई प्रभावकारी रुपमा अघि बढाउन मानवअधिकारकर्मी र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।” अर्को प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले खोपको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागिपरेको जानकारी दिनुभयो । 

मन्त्री गुरुङले  जनतालाई निराश हुन नदिन तथा उनीहरुलाई राष्ट्र निर्माणका अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै त्यस अभियानमा मानवाधिकारकर्मीको साथ र सहयोग सदैव रहिरहने विश्वास व्यक्त गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो