2026-07-10 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी, सभामुखको अनुपस्थितमा पनि बैठक बस्न सक्ने

मंसिर ३०, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी गरेकी छिन् | मंगलबार सभामुख अग्नि सापकोटा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएपछि बैठक बेलुकी ५ बज्रे सम्मका लागि स्थगित भएको थियो |

योसंगै अब सभामुख अग्निप्रसाद सापकोटाको उपस्थिति विना पनि संवैधानिक परिषद्को  बैठक बस्न सक्नेछ | मंगलबार संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी हुन् |

अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ । यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो |

परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त रहेको छ | यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुग्ने थियो | जसअनुसार अब परिषद्का बहुमत सदस्य (अध्यक्ष प्रधानमन्त्रीसहित ३ सदस्य) को उपस्थितिमा बैठक बस्न सक्ने बताइएको छ |

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकमा अग्नि सापकोटा अनुपस्थित भएपछिआकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए,भने संवैधानिक परिषद्को बैठक बेलुकीलाई सारिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो