2026-07-10 07:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको कदमले पार्टी एकतालाई कुनै असर पर्दैन : प्रचण्ड

2020-12-21

पुस ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले चालेको कदमले पार्टी एकतामा कुनै असर नगर्ने बताएका छन् । सोमबार एक वक्तव्य जारी गर्दै प्रचण्डले आफ्नो पार्टी एकतावद्ध रहेको बताएका हुन् ।

उनले कुनै एक व्यक्तिको पार्टी,राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले आफ्नो पार्टीको एकतालाई कुनै तात्विक असर नपर्ने बताए । उनले भने,"म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने, हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।" 

यसअघि ओलीले आइतबार संसद विघटन गरी बैशाख १७ र २७ का लागि आम निर्वाचनको घोषणा गरेका थिए। उनले के.पी. शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको कदम असंवैधानि,अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी भएको बताएका छन् ।

आइतबार नै बालुवाटरमा बसेको नेकपा स्थायी कमिटि बैठकले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई नुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको थियो । राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन उनले जारी गरेको वक्तव्यमा उल्लेख छ।

कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो