पुस ८, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई घोषणा गरिएको छ |
नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई घोषणा गरेको हो |
यसअघि मंगलबार बबरमहलमा बसेको नेकपा प्रचण्ड-नेपाल समूहको केन्दीय समितिको बैठकले ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष बनाएको थियो |