2026-07-09 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद विघटनको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने

2020-12-23

पुस ८, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले गरेको संसद विघटन बिरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो। कुन दिन प्रदर्शन गर्ने भन्ने तय भने गरिएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेपछि कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भन्दै  बिरोध गर्दै आएको छ । केन्द्रीय समिति बैठक बिहीबार १ बजे पुन: बस्ने गरी आजलाई स्थगित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधिक आम निर्वाचन गर्ने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो