पुस ९, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेकी छिन् । यान्छी बिहीबार बिहान प्रचण्ड भेट्न खुमलटार पुगेकी हुन् ।
नेकपा भित्रको विवाद र राजनीतिक रूपमा विभाजित भइसकेको अवस्थामा राजदूत होउ यान्छीको सक्रियता बढेको हो । उनीहरुबिच समसामयिक विषयमा आधा घन्टा कुराकानी भएको बताइएको छ । यसअघि पनि नेकपा भित्रको विवाद चर्किंदै गएका बेला राजदूत होउ यान्छीको सक्रियता बढ्ने गरेको थियो।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले विद्या देवी भण्डारीले संसद विघटन गरेपछि राजनीतिक रुपले नेकपा दुई भागमा विभाजन भएको छ । प्रचण्ड-माधव नेपाल पक्ष एउटा खेमामा छन् भने ओली अर्को तिर छन् ।