2026-06-20 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिणाममुखी काम गर्ने पर्यटनमन्त्री ढकालको दृढता

पुस १२, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताउनुभएको छ ।

शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस्, सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास गर्छु, त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ ।” 

अतिरिक्त सुविधा र सेवाका निम्ति मन्त्रीप्रति कोही व्यक्ति लालायित हुनु नपर्ने उहाँको भनाइ थियो । स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकाले मन्त्रालयभित्रका विकास योजना आर्थिक मितव्ययी र पारदर्शी ढङ्गले अघि बढाइनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले पर्यटन मन्त्रालय मातहत ठूला क्षेत्र, धेरै ठाउँमा थला पर्दै, पारिँदै आएकाले कसरी समाधान गर्ने भन्ने चुनौती रहेको उल्लेख गर्दै सरोकारवालासँग समन्वयात्मक ढङ्गले काम गर्दा नै सफलता हासिल हुने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री बदलिए पनि सरकार र कार्यनीति बदलिएको छैन भन्दै मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपाटिको विकास गर्न मातहत निकायलाई निर्देशन दिनुभयो । उहाँले मुलुक चुनावी वातावरणमा गएकाले राजनीतिक रङले मन्त्रालयलाई असर नगरोस् भन्नेतर्फ सजग रहेर सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाइनुपर्नेमा जोड दिनुभयो ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहनुभएका मन्त्री ढकाल पर्यटनमन्त्री बन्नुभएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गर्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको थियो ।

मन्त्री ढकालको यो तेस्रो मन्त्रालयको जिम्मेवारी हो । यसअघि करीब १४ महीना कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र पछिल्लोपटक १३ महिना स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।

कोभिड–१९ महामारीको सामना गर्ने अप्ठ्यारो अवस्थामा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउँदा शक्तिशाली विकसित ठूला राष्ट्रले दिन नसकेको स्वास्थ्य सेवा जनतालाई दिलाउन सफल भएको र पछिल्लो पटक देशका सबै गाउँपालिकामा स्वास्थ्य सेवा विस्तार गर्नेजस्ता स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याउनेगरी काम भएको उहाँले उल्लेख गर्नुभयो । 


मन्त्री ढकालले स्थायी सरकार बनेपछि राजनीतिक दुर्घटना र पार्टीभित्रको दुर्घटनापछि पर्यटनमन्त्रीको जिम्मेवारीमा आएको पनि उल्लेख गर्नुभयो । यसअघि पदभार ग्रहण गर्दै मन्त्री ढकालले पहिलो निर्णयका रुपमा सङ्घीय मन्त्रालयका बेरुजु जो जसका नाममा छ तत् निकायलाई नै बेरुजुको लगत हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषद्मा लैजाने हस्ताक्षर गर्नुभयो । 

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले देशलाई समृद्धिको दिशामा लैजाने प्रमुख आधार पर्यटन र ऊर्जा क्षेत्र रहेको भन्दै महामारीबाट बढी प्रभावित भएको पर्यटनलाई गतिशील तुल्याई बढीभन्दा बढी अर्थोपार्जन हुनेगरी योजनाबद्ध कार्यक्रम अघि बढाउन मन्त्रालय रणनीतिकरुपमा लागिपर्ने बताउनुभयो ।

उहाँले कोभिडपछि नेपालमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउनसक्ने भएकाले सोहीअनुरुप पर्यटकीय पूर्वाधार विकास, उनीहरुको बसाइ लम्ब्याउनेजस्ता काममा मन्त्रालयले सहजीकरणको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारिताका लागि विशेष ध्यान दिइने पनि उहाँको भनाइ छ । आयोजनाअन्तर्गत निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र बारामा प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थल छन् । 

सो अवसरमा मन्त्रालय मातहतका पर्यटन विभाग, पुरातत्व विभाग, क्यान, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), नेपाल पर्यटन बोर्डलगायत संस्थाका प्रमुख एवं प्रतिनिधिले मन्त्री ढकाललाई बधाई ज्ञापन गर्दै आफ्ना गतिविधिबारे जानकारी गराउनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ