2026-07-10 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुन्छ : नेता शर्मा

2021-01-01

पुस १७, काठमाडौँ | राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राजनीतिक दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताएका छन् ।

राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको साताँै अधिवेशनका क्रममा मन्तव्य राख्दै उनले आफ्नो पार्टी विभाजनको सङ्घारमा रहेको र प्रतिनिधिसभा विघटन भएको विशिष्ट परिस्थितिमा यो सभा सञ्चालन भइहेको बताए । “वर्तमान सङ्घीय संसद् गठनपछि आफ्नो राजनीतिक इतिहासमा सबैभन्दा खुशी थिए तर पार्टी फुटपछि आज मुटु चिरिएको अनुभव गरेको छु”, नेता शर्माले भने, “पार्टी विभाजन कुनै सिद्धान्तका आधारमा नभई राजनीतिक कारणले मात्र भइरहेको छ, यो दुःखद हो ।”

नेता शर्माले दलभित्रको अन्तरविरोधका कारण जनप्रतिनिधि मूलक संस्थामा असर पर्नु राम्रो अनुभूति नभएको बताए । उनले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाले नीति निर्माण गरेर सरकारलाई सघाउने र खबरदारीको काम गर्ने विश्वास व्यक्त गरे । नेता शर्माले जनचासोका विषय प्रकट हुने अहिले यो सभा मात्र भएको बताए ।

उखु किसानको आन्दोलनका क्रममा एक जना किसानको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो