2026-07-10 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवेकशील साझा पार्टीद्वारा राजनीतिक संवाद समिति गठन

2021-01-13

पुस २९, काठमाडौँ |  विवेकशील साझा पार्टीले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामथ्र्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ समिति गठन गरेको  जनाइएको छ । 

पार्टी केन्द्रीय सदस्य केशव दाहालका संयोजकत्वमा गठित  समितिमा केन्द्रीय सदस्य रमेश पौड्याल, समीक्षा बाँस्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो । समितिका संयोजक दाहालले समितिले आफ्नातर्फबाट लिने अग्रसरताका साथै  आफ्नो पार्टीसँग मिलेर अघि बढ्न चाहने दल, समूह, अभियान र व्यक्तिलाई समितिसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो