2026-07-09 08:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद विघटन बिरुद्ध प्रचण्ड-नेपालको बिशाल प्रदर्शन (फोटो फिचर)

2021-01-22

माघ ९, काठमाडौँ । प्रतिनिधि सभा विघटन बिरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौँमा आज विशाल शक्ति प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँका विभिन्न स्थानबाट निष्किएको जुलुस रत्नपार्क पुगेर बृहत् कोण सभामा परिणत भएको हो । 


उक्त सभालाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरेका छन् भने नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',माधव कुमार नेपाल,प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । ओलीले गरेको संसद विघटनको विरुद्ध प्रदर्शन गर्दै आएका प्रचण्ड – नेपाल समूहले १ लाख कार्यकर्ता उतार्ने दाबि गरेका थिए ।


विभिन्न ठाउँबाट निष्किएको जुलुसको नेतृत्व प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, युवराज ज्ञवाली, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका छन् ।


प्रदर्शनका कारण सवारी साधन भने ठप्प रहेका छन् । सडकमै सभा बनाएर प्रदर्शन गरेपछि शुक्रबार बिहानै देखि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । सर्वसाधारण भने गन्तव्य सम्म हिंडेरै आवतजावत गरिरहेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो