2026-07-10 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन महिनाभित्र सबै नेपालीलाई नि:शुल्क कोरोना खोप: प्रधानमन्त्री

माघ १४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप पाउने बताएका छन्।

कोरोनाविरूद्ध खोप अभियानको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने बताएका छन्।

‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ,’ उनले भने, ‘कुनै भेदभावविना नै सबै नेपालीलाई नि:शुल्क रूपमा खोप लगाइन्छ।’

प्रधानमन्त्री ओलीले भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा धन्यबाद दिएका छन्। थप खोप ल्याउनेबारे पनि पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

सरकारले आज १२ हजार जनालाई कोरोना खोप लगाउने तयारी गरेको छ। देशका १२० खोप केन्द्रबाट खोप लगाइन्छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई खोप लगाइने सरकारले जनाएको छ ।

प्रधानमन्त्री ओलीले खोपबाट कोही पनि बञ्चित हुन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले आज खोप लगाएकाहरूले अबका २८ दिनमा अर्कोपटक खोप लगाउनुपर्ने पनि बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो