2026-07-10 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध हुन्छ:प्रधानमन्त्री ओली

2021-01-27

माघ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइने बताएका छन् । उनले आज कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सबै नागरिकलाई तिन महिना भित्र कोरोनाभाइरस बिरुद्धको खोप निशुल्क उपलब्ध गराउने बताएका हुन् ।

‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं ।' ओलीले भने, 'मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’ बुधबार देखि देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिएको छ ।

पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,स्वयम्सेवक फाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको हो । भारत सरकारको सहयोगमा ल्याइएको कोरोनाविरुद्ध कोभिशिल्ड खोपलाई नेपालले प्रयोगमा ल्याएको छ । 

गतसाता भारतले नेपाललाई दशलाख डोज कोरोना बिरुद्धको खोप अनुदान दिएको थियो । प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराएकोमा समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिंदै खोप नाफा कमाउने माध्यम र व्यापारको विषय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो