2026-07-10 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने : राष्ट्रपति

2021-01-27

माघ १४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन् ।

कोभिड–१९ विरूद्धको खोप शुभारम्भका अवसरमा आज सन्देश दिँदै राष्ट्रपतिलेउनीहरुका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति पनि सम्मान व्यक्त गरेकी छन् । खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालका तर्फबाट धन्यवाद दिँदै उनले विश्‍वका सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको सुस्पष्‍ट मान्यता रहेको जनाइन् । 

विश्‍वमा कोभिड–१९ विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै नेपालले खोप अभियान शुरु  गर्न लागेकामा हर्ष व्यक्त गर्दै राष्ट्रपतिले यसबाट पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्‍ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल भएको जनाएकी छन् । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्क्तिमा  रहेका स्वास्थ्यकर्मीलगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप उपलब्ध गराउने नेपाल सरकारको निर्णयको सराहना गर्दै राष्ट्रपतिले नेपाल सरकारले खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध रूपमा खोपको व्यवस्था मिलाउने विश्वास व्यक्त गरेकी छन्। 

खोप अभियान सफल पार्न जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्‍चारकर्मीलगायत समाजका सबै क्षेत्रको सहभागिता अपरिहार्य रहेको जनाउँदै राष्ट्रपतिले  खोप लगाएपछि पनि मास्कको अनिवार्य प्रयोग गर्न, एकार्काबीचमा कम्तिमा दुई मिटरको दूरी कायम राख्‍न र पटकपटक साबुनपानी वा सेनिटाइजरले हात सफा गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा योगदान पुर्‍याउनका लागि सबैमा आह्वान गरेकी छन् । 

“कोभिड–१९को विश्‍वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ। यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन्।यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन। यो महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ।यसबाट विश्‍वभरि नयाँ आशा र विश्‍वासको सञ्‍चार भएको छ”, सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो