2026-07-10 11:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीको बोली फेरियो

माघ १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् ।

भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले १४ माघमा कोभिड-१९ विरुद्ध खोप अभियान सुरु भएको थियो । खोप अभियान सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप दिने बताएका थिए ।

तर सरकारी अधिकारीहरुले नै खोप चरणवद्ध रुपमा प्राप्त हुने भएकाले नियमित अभियान चलाउँदा पनि जनसंख्याको ७२ प्रतिशत -बालबालिका बाहेक)लाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने बताएका थिए । साथै भारतले अनुमादानमा दिएको १० लाख बाहेक बाहेक थप खोप आउने सुनिश्चित समेत भएको छैन ।


शनिबार चितवनमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र फ्रन्टमा काम गर्नेहरुलाई खोप दिने बताएका छन् । उनले भनेका छन्, बाँकी जनतालाई क्रमशः २०२१ भित्र खोप लगाएर कोभिड-१९ लाई नेपालबाट भगाउँछौं, बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं । तीन दिन अघि ओलीले तीन महिनाभित्र सबैलाई कोरोना बिरुद्धको खोप दिने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो