2026-07-10 11:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक आयोगका नियुक्तिविरुद्ध रिट निवेदन

माघ २३, काठमाडौँ | संवैधानिक आयोगमा गरिएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को सचिवालयगायतलाई विपक्षी बनाइ आज दायर गर्नुभएको रिट निवेदनमा संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति, सपथ तथा पदभार ग्रहणसमेतका सम्पूर्ण निर्णय र कार्य उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ । 

रिट निवेदनमा गैह्रसंवैधानिक र गैह्रकानूनीरुपमा नियुक्ति भएको उल्लेख गर्दै यस्ता पदाधिकारीबाट हुने निर्णय तथा कार्यले मुलुक, जनता र राष्ट्रकै हकअधिकारमा प्रतिकूल असरसमेत पर्ने भएकोले निर्णयको कार्य नगर्नु/नगराउनु तथा यथास्थितिमै रहनु भनी अन्तरिम आदेशको माग गरिएको छ । 

सर्वोच्चको लिखित जवाफ माग

संवैधानिक आयोगमा भएको नियुक्तिको सोही प्रकृतिको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिबारे कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र संवैधानिक परिषद्सँग लिखित जवाफ माग गरेको छ । 

प्रतिनिधिसभामा सुनुवाइ हुनुपर्ने संविधानको व्यवस्थाविपरीत संवैधानिक आयोगमा ३४ पदाधिकारीलाई नियुक्ति गरेको र सपथ ग्रहण गरिएको विरुद्ध रिट निवेदन दायर भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो