२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको कामलाई निरन्तर अघि बढाउनुहोस : प्रधानमन्त्री ओली

२०७७, २७ माघ मंगलवार १०:२३

माघ २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिनुुभएको छ । सो अवसरमा प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले उहाँलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुुस्थितिबारे अवगत गराउनुुभएको थियो । सरकारले आगामी वैशाख १७ र २७ गते दुुई चरणमा चुुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो ।

 आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा  आयोगले गरिरहेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री  जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई जानकारी दिनुुभयो । प्रधानमन्त्री ओलीले प्रमुख आयुुक्तसहितका आयुुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भनी धन्यवाद ज्ञापन गर्नुुभएको उहाँले बताउनुुभयो ।

 निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाउनुुभएको थियो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्काे निवेदन पनि प्राप्त भएको जानकारी गराउनुुभएको थियो ।

 प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानून, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गर्नुुभएको थियो । प्रधानमन्त्री ओलीले मूूलतः निर्वाचनको तयारी सम्बन्धमा नै आयोगले गरिरहेको कामको जानकारी लिनका निम्ति जानुभएकाले त्यसमा नै केन्द्रित रहेर छलफल भएको सल्लाहकार थापाले स्पष्ट पार्नुुभयो ।

 प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री, अर्थमन्त्री, कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा दलका तर्फबाट निर्वाचनसम्बन्धी जिम्मेवारी र सम्पर्क तोकिनुुभएका पूर्वसभामुख सुुवास नेम्वाङलगायत नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता आयोग पुुग्नुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा