१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० लाख जनता ल्याएर बालुवाटार र सिंह दरबार घेर्ने प्रचण्डको चेतावनी

२८ माघ २०७७, बुधबार ११:३१

माघ २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको हित् र भावना नबुझे अर्कोपटक १० लाख जनता ल्याएर बालुवाटार र सिंह दरबार घेर्ने चेतावनी दिएका छन्। 

बुधबार प्रचण्ड-नेपाल समूहले आयोजना गरेको संसद विघटन बिरुद्धको बिरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 'अर्को पटक फेरी १० लाख जनता लिएर बालुवाटार र सिंह दरबार घेर्न नपरोस' उनले भने,'यो लडाई जित्नै पर्छ,हामीले जित्छौ,नजितेसम्म हुँदैन,केपीको चुनावी नौटंकी हुनेवाला छैन, त्यसको भ्रममा कोहि नपरौ ।'

उनले संवैधानिक निकायहरुलाई स्वतन्त्र ढंगले विवेक प्रयोग गरेर जनताको भावना समेत बुझ्न आग्रह गरेका छन् । ' संवैधानिक निकायहरुले स्वतन्त्रढंगले विवेक प्रयोग गरुन, प्रचण्डले भने,'कसैको डर,धाक,धम्की नहेरुन, जनताको अनुहार हेरुन,जनताको भावना पढून ।' 

उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई चुनावको भ्रममा नपर्न सचेत गराएका छन् । 'लोकतान्त्रिक आन्दोलनको नेताको छवि बनाएको नेपाली कांग्रेस र संघीय लोकतान्त्रिक पक्षको छवी भनाएको जनता समाजवादी लगायतका पार्टीहरु अब कुनै प्रकारको भ्रममा नपरौ ' उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ