माघ २९, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहकि नेतृ रामकुमारी झाक्री बिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । राष्ट्रपति विद्या देवी भण्डारीलाई लिएर दिएको अभिव्यक्तिबारे उनलाई यसअघि सोधपुछका लागि बोलाइएको थियो ।
महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी जारी गरेको हो ।