2026-07-10 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसाबारे गगन थापाको टिप्पणी : सरकारको उल्टो गति उल्टै मति

2021-02-11

माघ २९, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सरकारको उल्टो गति उल्टै मति भएको बताएका छन् । उनले बिहिबार सामाजिक संजालमार्फत सरकारले महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी ध्यागमन कार्यविधि संसोधन गर्न लागेको प्रति यस्तो टिप्पणी गरेका हुन् । 

उनले सरकारले आफ्नो अक्षमताको ढाकछोप गर्न महिलामाथि अनेकन विभेदकारी बन्देज राखेर अध्यागमन कार्यविधि नै संसोधन गर्न खोजेको बताएका छन् । सरकारले गर्नुपर्ने काम नगर्ने र आफ्नो क्षमताको धाकचोप गर्न नगर्नुपर्ने काम गरेको बताएका छन् । 

'अध्यागमनको संयन्र बलियो बनाउन,क्षमता बढाउन,अभिलेखिकरण चुस्त राख्न,नागरिकको सुरक्षा गर्न सरकारले गर्नैपर्ने काम नगर्ने! उल्टो आफ्नो अक्षमताको ढाकछोप गर्न महिलामाथि अनेकन विभेदकारी बन्देज राखेर अध्यागमन कार्यविधि नै संसोधन गर्न खोज्ने? यस्तो घृणित सोच ! सरकारको उल्टो गति उल्टै मति ' थापाले भने । 

अध्यागमन विभागले भिजिट भिसामा ४० बर्ष भन्दा कम उमेरका महिलाहरु विदेश जाँदा परिवारको सहमति र पालिकाको सिफारिस अनिवार्य चाहिने गरी अध्यागमन कार्यविधि संसोधनका लागि गृह मन्त्रालयमा मस्यौदा पेस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल