२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले भन्यो,भागरथी भट्टको बलात्कारीलाई तत्काल पक्राउ गर

२०७७, ३० माघ शुक्रबार १२:१९

माघ ३०, काठमाडौँ । नेपाली कांग्रेसले बैतडीको दोगडाकेंदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ । शुक्रबार कांग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भागरथी भट्टको बलात्कारीलाई तत्काल पक्राउ गर्न माग गरेको हो । 

भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोश्रो साता हुँदा समेत पक्राउ नपर्नु,उनको शव अस्पतालमा रहनु र परिवारले पिदामाठी पिडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुखद र गम्भीर रूपमा लिएको जनाएको छ  । 

काँग्रेसले प्रधनमन्त्रीसँग उक्त घटनाको अनुसन्धान तिब्र बनाउँन,दोषीलाई अविलम्ब पक्राउ गर्न,देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन माग गरेको छ । यस्ता घटनाले सरकारको उदासीनतालाई प्रकट गरेको र अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको कांग्रेसको ठहर छ  । 

कांग्रेसले बैतडी घटनाको स्थलगत अध्ययन गरि लिखित प्रतिवेदन पेश गर्न एवं भागरथीका परिवारसंग भेट गर्न केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखकलाई बैतडी पठाएको छ ।

 'निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा सलग्नहरु कानूनको कठघराभन्दा बाहिर छन्, विज्ञप्तिमा भनिएको छ, 'महिला उपर हिसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जादा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारक बनाउन सरकार समक्ष माग गर्दै नेपाली काग्रेस यस्ता घटना विरुद्ध सिंगो समाजको सजगताका लागि अपील गर्दछ।'

No description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु