१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री र थाई राजदूतबीच शिष्टाचार भेट

३० माघ २०७७, शुक्रबार १२:३६

माघ ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो । प्रधानमन्त्री ओलीले राजदूत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणा राख्नुभएको थियो । 

प्रधानमन्त्री ओलीले दुई देशबीच कूटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि यी दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको समेत उल्लेख गर्नुभयो । यस सम्बन्धलाई थप उचाइ दिन नयाँ सम्भावना पहिल्याउनु पर्र्ने धारणासमेत उहाँले राख्नुभयो ।

भेटका क्रममा राजदूत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने विचार व्यक्त गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ