१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागमती प्रदेशसभाको बैठक स्थगित

५ फाल्गुन २०७७, बुधबार ०५:५४

फागुन ५, काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । आज सूचना जारी गर्दै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका सदस्यलाई बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी गराउनुभएको छ ।

यसअघि माघ १९ गतेका लागि तय भएको प्रदेशसभाको बैठक विशेष कारण १८ गते राति नै सूचना जारी गरेर फागुन ५ गतेसम्मका लागि स्थगित भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छ । 

आज बस्ने बैठकमा उक्त विषयमा दलगत रुपमा धारणा राख्ने गरी बैठक तय भएको थियो । वाग्मती प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदूर किसान पार्टीको दुई र एक स्वतन्त्र सांसद गरी ११० जना प्रदेशसभाका सदस्य हुनुहुन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ