2026-07-10 12:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिपुराका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रचण्ड-नेपाल समूहको आपत्ति

2021-02-17

फागुन ५, काठमाडौँ । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले नेपालका सम्बन्धमा दिएको भिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहले आपत्ति जनाएको छ । बुधबार प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कड़ा विरोध गरेको हो । 

भारतको सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहेका विप्लव देवले तत्कालिन भारतीय जनता पार्टीका अध्यक्ष एवम् भारतका केन्द्रीय गृहमन्त्री श्री अमित शाहले नेपाल लगायतका देशहरूमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राखेको बताएका थिए । 

'हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कड़ा विरोध गर्दछ।' विज्ञप्तिमा भनिएको छ,'नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यस प्रकारको अत्यन्त संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले हाम्रा दुई छिमेकी मित्रराष्ट्रहरु बीचको सम्बन्धमा भ्रम छन्ने र नकारात्मक असर पुन्याउने भएकाले भारत सरकार र श्री अमित शाहबाट समेत स्थिति स्पष्ट पारिने अपेक्षा गर्दछ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल