2026-07-10 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओलीले प्रधानमन्त्रीबाट तत्काल राजिनामा दिनु पर्छ : बामदेव गौतम

2021-02-24

फागुन १२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसंगै गौतमले ओलीको राजिनामा माग गरेका हुन् । 

उनले बुधबार विज्ञप्ति जारी गर्दै संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको बताएका छन् । सर्वोच्चले संसद पुनर्स्थापना गरेर संविधानको संरक्षण उनले बताए । 'यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो।' गौतमले भने । 

'न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै उहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।'

राष्ट्रपति विद्या देवी भण्डारीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न माग गरेका छन् । 'प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्छ।' गौतमले भने ।

उनले पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीलाई सचिवालय बैठक बोलाउन माग गरेका छन् । गत ५ पुसमा प्रधनमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेकि थिइन् ।

संसद विघटन असंवैधानिक कदम भन्दै सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएका थिए । सो मुद्दाको फैसला मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको हो । संसद विघटनपछि नेकपा दुई भागमा विभाजन भएको थियो । 

बामदेव गौतमले भने कुनै समूहमा नगएर पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’