२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो’

२०७७, २० फाल्गुन बिहीबार ०२:२५

फागुन २०, काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेतृत्व  तहमा  सरकारमा  जाने  नजाने  विषयमा मत बाझिएको छ । पार्टी सभापति शेरबहादुर  देउवाले  अवसर  पाए  सरकारको  नेतृत्व गर्ने अभिमत दिइरहँदा वरिष्ठ नेता रामचन्द्र  पौडेलले  भने  काँग्रेसलाई  जनादेश  प्रतिपक्षकै  रहेकाले  सरकारमा  जान  नहुने  बताएका छन् ।

पूर्व सांसद एकनाथ रानाभाटको बुधबार परेको  दसौँ  स्मृति  दिवसमा  आयोजित  श्रद्धाञ्जलि सभामा सभापति देउवाले काँग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे । “मरिहत्ते गर्दै  खोजिँदैन  ।  प्रधानमन्त्री  नै  चाहिने लोभ पनि छैन । अवसर पाए छाडिँदैन ।

भाग्ने पनि हैन होला”,  उनको  स्पष्ट  भनाइ  थियो,  “मुलुकलाई  कसै  न  कसैले  अगाडि  बढाउनुपर्छ  ।  अहिलेको  अवस्थामा  अवसर  पाए  काँग्रेसले  नेतृत्व  गरेर  अगाडि बढ्नुपर्छ ।”“प्रधानमन्त्री पाउँ पनि भनेको छैन  ।  

आयो  भने  भाग्नेवाला  छैन । त्यसको फाइदा पार्टीलाई नै  होला  ।  म  प्रधानमन्त्री  भएँ  भने  पक्कै  रामचन्द्रजी  पनि  खुसी  हुनुहोला”,  वरिष्ठ  नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने,  “जो  भए  पनि  काँग्रेसकै  मान्छे  प्रधानमन्त्री हुने हो । यसमा रामचन्द्रजीले सानो चित्त गर्नुहुन्न होला ।” यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुली र सञ्जयकुमार मिश्रले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने