चैत १६, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाल र भिम रावल माथि कारबाही गरेका छन् । ओलीले नेपाल र रावललाई पार्टीको सदस्यबाट ६ महिनाका लागि साधारण सदस्यबाट समेत निलम्बन गरेका हुन् ।
पार्टीले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नभएको भन्दै पार्टीको साधारण सदस्यबाट समेत ओलीले निलम्बन गरेका छन् । ओलीले नेपाल,रावललाई आफ्ना कार्यहरु सच्च्याएर पार्टीका पक्षमा लाग्न भनेका छन् ।