१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता भुसाल र पाण्डे पनि निलम्वनमा

१९ चैत्र २०७७, बिहीबार १२:४६

चैत १९, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यताबाट छ महीनाका लागि निलम्वन गर्नुभएको छ । अध्यक्ष ओलीले उहाँहरु दुवै जनालाई सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि निलम्वन गर्नुभएको हो । दुवै जनालाई निलम्वन गरिएको पत्र पठाइएको छ ।

“पार्टीले सोधेको स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटि स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएकाले पार्टी विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (ख) बमोजिम छ महीनाका लागि दशाँै महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी (प्रतिनिधिसभा सदस्य) बाहेक पार्टी सदस्यताबाट निलम्वन गरिएको छ”, पत्रमा भनिएको छ । 

अध्यक्ष ओलीले दुवै जनालाई सच्चिनका लागि अन्तिम मौकासमेत दिनुभएको पत्रमा उल्लेख गरिएको छ । पार्टीले सोधेको स्पष्टीकरण यही चैत १७ गते दुवै नेताले बुझाउनुभएको थियो । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीमबहादुर रावललाई पनि सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि छ महीनाका लागि पार्टीको सदस्यताबाट निलम्वन गरिएको थियो । 

यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै पार्टीका नेता नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उहाँहरु चारै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोध्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ