७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने–बुझाउने प्रयास जारी छ : ओली

९ बैशाख २०७८, बिहीबार ०६:५०

वैशाख ९, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । 

कामपा–१४, मदननगर, बल्खुमा निर्माण हुने एमालेको केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सफलतातर्फ उन्मुख गराउँदै अघि बढ्नका लागि पार्टीमा रहेका अनुशासनहीन र अराजक पक्षलाई सम्झाउने–बुझाउने र सच्याएर मूलधारमा कायम राख्ने कोशिश भइरहेको स्पष्ट गर्नुभयो । 

पार्टीभित्रको विवादबारे अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । “केही व्यक्तिको चरम महत्वाकाङ्क्षा, अरुले हासिल गरेको सफलताबारे सुन्न नचाहने सङ्कीर्ण आत्मकेन्द्रित स्वार्थका कारण हाम्रो पार्टीमाथि सङ्गठित र निकृष्टरुपमा हमला गरियो । मलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको घोषणा गरे”, नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा अवसरमा अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीलाई अनुचित हिसाबले कब्जा गर्ने क्रियाकलाप र ‘फ्लोर क्रस’जस्ता अराजक दृष्य यसअघि कहिल्यै देखिएको थिएन । 

पार्टीमा अब यस्तो चल्दैन । हामी सुदृढ र गतिशील सङ्गठन निर्माणको प्रक्रियामा अघि बढेका छौँ ।”

अध्यक्ष ओलीले कुनै गुटगत तवरमा पार्टीभित्र अनुशासनहीन र अराजक पक्षसँग पार्टीले सम्झौता नगर्ने स्पष्ट गर्दै गल्ती महसुस गरी अनुशासित भएर काम गर्न सबैलाई अवसर भएकाले सम्झाउने र सच्याउने कोशिशलाई कमजोरी नठान्न आग्रह गर्नुभयो । उहाँले न्याय, समता र समृद्धिको परिकल्पनासहित कम्युनिष्ट आन्दोलनका अगुवाले असाधारण दूरदर्शितासहित पार्टी स्थापना गरेकाले उक्त लक्ष्य आफूहरुले पूरा गर्नुपर्ने बताउनुभयो ।

विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त एमालेको केन्द्रीय कार्यालय पुनः निर्माण हुृन लागेको हो । सो स्थानमा एमालेका १३ रोपनी जग्गा छ । पुनः निर्माणको लागत र अवधि सार्वजनिक गरिएको छैन । भूकम्पपछि एमालेको केन्द्रीय कार्यालय धूम्रबाराहीमा रहेकामा आजदेखि थापाथलीमा शुभारम्भ भएको छ ।कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रवक्ता प्रदीपकुमार ज्ञवालीलगायत नेता सहभागी हुनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी