७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

१० बैशाख २०७८, शुक्रबार ०७:४४

वैशाख १०, काठमाडौँ । पार्टीभित्रको विवाद र समसामयिक राजनीनिक विषयमा छलफल गर्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टीविरोधी गतिविधिमा लागेका नेतालाई सोधिएको स्पष्टीकरण, अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पछिल्ला दुई दिनमा भएका भेटवार्ता आदिको समीक्षा हुने जनाइएको छ ।

यही वैशाख ६ गतेको बैठकको निर्णयका आधारमा एमालेले कर्णाली प्रदेशसभामा पार्टीको औपचारिक ह्वीप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने प्रदेशसभाका प्रकाश ज्वालासहित चार सदस्य र यसअघि निलम्बनमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत ३२ जनालाई दुई दिनभित्र जवाफ माग्ने गरी स्पष्टीकरण सोधेको थियो ।

पहिलो बैठकमा अध्यक्ष ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन छलफलपछि पारित भइसकेको छ । एमालेले आगामी मङ्सिरमा दशौँ महाधिवेशन आयोजना गर्ने तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे